राजुको निर्देशनमा अस्ट्रेलियामा खिचिएको शशान कंडेलको म्युजिक भिडियो


लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा रहेर पनि आफ्नो मोडलिंग र अभिनयमा सक्रिय भएका राजु कानले एक म्युजिक भिडियो निर्देशन गरेका छन्। ‘शाहारा’ एल्बममा शमबेश गरिएको शशांन कंडेलको स्वर, शब्द र संगीत रहेको “जानेभए जाऊ” बोलको गीतको भिडियो उनले निर्देशन गरेका हुन्। यो म्युजिक भिडियो हालै यु ट्युव मार्फत रिलिज गरिएको छ। अस्ट्रेलियामा खिचिएको म्युजिक भिडियोमा मोडलहरू भानु, प्रतिभा र दिनेश संगै विदेशी मोडल एमीको अभिनय हेर्न सकिन्छ। गायक शशानको लिप्सिङ्ग पार्टमात्र नेपालमा खिचिएको छ। चितवनको लंकुमा जन्मेका राजूले यस भन्दा अघि दर्जन भन्दा बढी भिडियो अभिनयको अनुभव संगलेका छन्। सोहि अनुभवको आधारमा उनले पहिलो पटक म्युजिक भिडियो निर्देशन गरेका हुन। अस्ट्रेलियामा छायांकन गरिएको भिडियोलाई नेपाली दर्शक स्रोताले मन पराउनेमा कुरामा राजु ढुक्क देखिन्छन।

SUBSCRIBE 👉