गायक ओम रोदनको ‘तिम्रै काखमा…’ [भिडीयो]


नेपाली सांगीतिक क्षेत्रमा आफुलाई गायनमा अब्बल बनाउदै आएका गायक हुन् ओम रोदन। सानै देखि गीत संगीतमा रुचि भएका रोदन एक कुशल गायक हुन्। “तिमि बाहेक” भन्ने गीत बाट चर्चा कमाउन सफल भएका रोदनले अर्को नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक गरेका छन्। प्रवासमा रहेर पनि नेपालि गीत संगीतमा सक्रीय हुदै आएका गायक ओमलाई यो गीतमा गायिका अन्जु पन्तले साथ दिएकि छिन। गीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरललको संगीत सुन्न सकिन्छ। यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्माण गरेका हुन् भने भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ।  उत्सव दाहालको छायांकन रहेको भिडियोमा रिमा बिश्वकर्मा सँग गायकलाई नै फ़िचरिङ्ग गरिएको छ।

SUBSCRIBE 👉