‘कृ’को पोष्टर सार्वजनिक । रोमान्टिक मुडमा अदिती र अनमोल


बर्ष कै बहुप्रतिक्षित फिल्म ‘कृ’को पोष्टर सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलर रिलिज गर्नु अघि फिल्म निर्माण पक्षले सार्बजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अनमोल केसी र अदिती बुढाथोकीलाई पोष्टरमा रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। यो भन्दा अघि सार्बजनिक गरिएको पोस्टरमा अनमोललाई मात्र पोष्टरमा हेर्न सकिन्थ्यो। शुक्रबार दिउँसो ३ बजे एक भव्य कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गर्ने तयारी फिल्म निर्माण पक्षले गरेको छ।

अनमोल र अदितीको रोमान्टिक पोष्टरले फिल्म प्रति अझ बढी उत्सुकता बढाएको छ। सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ‘द सुपर काजोल फिल्म्स’ले प्रस्तुत गरेको हो। फिल्ममा अनमोल र अदिती संगै सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य अभिनय छ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली हुन्। माघ २६ गते प्रदर्शन मिति तय गरेको यो फिल्मका निर्माता सुवास गीरी सँग अन्य फिल्म सँग किन जुध्न आउनु भएको भन्ने प्रश्नमा सुवासले भने–‘हामी कुनै चलचित्रसँग जुध्न आएका थिएनौ। माघ २६ गते हामीले पहिले नै लक गरेको मिति हो। सोही अनुसार हामीले हलहरु पनि पक्का गरिसकेका थियौ।’

Anmol KC Kri film poster

निर्देशक सुरेन्द्र पौडेलले दर्शकले ‘कृ’ लागि केहि समय पर्खनु परेपनि दर्शकको चाहना अनुसारको फिल्म बनेको बताए। नायक अनमोल केसीलाई दर्शकले यो फिल्ममा भिन्न गेटअपमा हेर्न सक्नेछन्। अघिल्ला ४ वटा फिल्ममा रोमान्टिक नायकको रुपमा देखिएका अनमोल यो फिल्ममा रोमान्टिक सँगै एङ्ग्री लुक्समा देखिएका छन्।

SUBSCRIBE 👉