हेमन्त शर्माको अगुवाईमा नायिका प्रियंका कार्कीको बिहे !


Priyanka Karki Wedding Pic

गायक हेमन्त शर्मा एउटा पृथक शैलीको गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन्। बिहेबारी सम्बन्धि विषयमा विषयमा नेपाली गीतको संख्या कम रहेको अवस्थामा शर्माले यही विषयमा आधारित गीत ‘डम डम डम बज्यो…’ तयार पारेका छन्। गीतमा गायक शर्मा कै शब्द तथा संगीत सुन्न सकिन्छ। श्यामश्वेत रसाइलीले यो गीतमा संगीत संयोजन गरेका छन्।

बिहे गरौं कि नगरौं भन्ने युवाको कथा बोकेको यो गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। गायक शर्माले आफ्नै निर्देशनमा म्युजिक भिडियो तयार पारेका हुन्। गायक शर्माका अनुसार म्युजिक भिडियोमा झन्डै ६५ जना भन्दा बढिको सहभागिता छ। भिडियोमा अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा तथा केशव ज्ञवालीले अभिनय गरेका छन्।

ज्ञवाली बुटवलतिरका अधिकांश मेला–महोत्सवमा नृत्य गरिरहने कलाकार हुन्। म्युजिक भिडियोको एक जोडी जर्मन नागरिकले पनि अभिनय गरेका छन्। भिडियोमा शिव बिकको कोरियोग्राफी छ। धीरजजंग शाहले खिचेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन्। यो भिडियोलाई गायक शर्माले आफ्नै यूट्युब च्यानलबाट रिलिज गरेका हुन्।

SUBSCRIBE 👉