जेनिशा केसीले किन भेटिन सलमान खान ?


नेपाली चलचित्रमा खासै सफल हुन नसकेपछि बलिउडमा जम्ने सोचका साथ नायिका जेनिशा केसी लामो समयदेखि मुम्बइमा छिन्। उनले, मुम्बइ पुगेर बलिउड चलचित्रमा काम गर्न संघर्ष गरिरहेकी छिन्। यो विचमा उनले केहि भोजपुरी चलचित्रमा पनि काम गरेकी छिन्। उनै, नायिकाले बलिउडका सुपरस्टार नायक सलमान खानसँग भेट गरेकी छिन्। जेनिशाले सलमानसँगको भेटलाई विशेष भनेकी छिन्। फेसबुकमा स्टाटस लेख्दै जेनिशाले यो भेटको कारण चाडै नै शेयर गर्ने समेत लेखेकी छिन्।

सलमानसँगको भेटको अवसर भने बलिउडका अर्का नायक मिथुन चक्रवर्तीले मिलाइ दिएका हुन्। सलमानले जेनिशालाई नेपाली चलचित्र, उनले काम गरेका चलचित्रको बारेमा सोधेका थिए रे। के तपाई सलमानसँग काम गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा जेनिशाले अहिले नै केहि बताउन नमिल्ने बताइन्। तर, सलमानसँगको यो भेट तस्बिर खिच्नकै लागि मात्र नभएको जेनिशाको भनाई छ। सलमान सँगको भेटको राज अब उनले कहिले सेयर गर्ने हुन्, उनको फेसबुक स्टाटस नै कुर्नु पर्ला !

SUBSCRIBE 👉