गायक प्रमोद खरेलको स्वरमा देउडा गीत [भिडियो]


सुगम संगीतका लोकप्रिय गायकहरु मध्य एक हुन् गायक प्रमोद खरेल। सयौं चर्चित गीतका गायक खरेलले पहिलो पल्ट गायिका अनिता चलाउने सँग देउडा गीत गाएका छन्। पत्रकार डिबी खड्काको शब्द र विनोद बाजुरालीको संगीतमा ‘देउडा खेल्छु चट्टै’ गीतको म्युजिक भिडियो रिलिज भएको छ। यो देउडा गीतको म्युजिक भिडियोमा शंकर विसी र अञ्जली अधिकारी नाचेका छन्। शंकर विसीले नै निर्देशन गरेको भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन्। यसअघि यो समूहको सहकार्यमा बनेको देउडागीत ‘हुन्यावाली जीवन साथी’ चर्चित छ।

SUBSCRIBE 👉