चितवनमा सुशील र रुविनाको ‘लभ डायरीज’


पर्यटकीय नगरी सौराहमा नेपाली कथानक चलचित्र ‘लभ डायरिज’को छायांकन भईरहेको छ। युवा युवती बिचको माया प्रेम र कमेडीलाइृ समाबेश गरि निर्माण थालिएको चलचित्र ‘लभ डायरिज’ मनोरञ्न प्रदान संगै सन्देशमुलक रहेको चलचित्रका निर्देशक सौरभ चौधरीले बताए। कथाले मागेअनुसार नै चितवनलाई छनौट गरिएको बताउदै चलचित्रको ६०/७० प्रतिशत भाग चितवनमै छायांकन हुने र बाँकि पोखरा र काठमाण्डौमा छायांकन गरिने निर्देशक चौधरीको भनाई छ। यो फिल्मको ८ दिनदेखी सौराहाको ग्रिनपार्क होटलमा छायांकन भईरहेको छ।

होस्टल रिर्टन्स, सायद २, कारखाना जस्ता लगायतका चलचित्रमा अभिनय गरिसकेका नायक शुसिल श्रेष्ठको चलचित्रमा मुख्य भुमिका छ। चलचित्रमा आफ्नो भुमिकाका बारेमा बताउदै नायक श्रेष्ठले बाहिर देश बसी मोजमस्तिमा तल्लिन हुने केटालाई उसको बाबाले विजनेश समाल्न नेपाल पठाए संगै उसको संघर्षको यात्रा शुरु बताएका छन्।

चलचित्रमा नायीकाको रुपमा रुविना थापाले डेव्यु गरेकी छिन्। फिल्मको बारेमा नसोचेको भएपनि काम गर्न पाउदा रमाईलो महसुस भएको नायीका थापाले बताईन। सामाजिक र पारिवारीक साधारण केटीको भुमिकामा रहेको र पछि केही गर्नको लागि परिवारबाट टाढा बसि संघर्ष गर्नु पर्ने आफ्नो भूमिका चलचित्रमा रहेको उनले बताईन।

चलचित्रमा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीेको पनि मुख्य भूमिका छ। चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा छन् भने साहिल र मिलन श्रेष्ठले चलचित्रलाई सम्पादन गर्ने छन्। चलचित्रमा विनोद सापकोटाको निर्माण, सरोज तुलाधरको सह निर्माण छ। चलचित्रमा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ।

SUBSCRIBE 👉