कोदोको पानीले ‘तिरीमिरी झ्याईँ’ पारेपछि… [भिडियो]


२०६४ सालदेखी गायन क्षेत्रमा सक्रिय गायक नबिन कटुवालको नयाँ गीत ‘तिरीमिरी झ्याईँ’को भिडियो सार्वजनिक भएको छ। कटुवालले यसपटक ‘डान्सिङ्ग नम्बर’ प्रस्तुत गरेका छन्। गीतमा नबिनको स्वर, प्रकाश नेपालीको संगीत तथा गणेश शाहको रचना छ। नबिन आँफैले निर्देशन गरेको भिडियोमा सुनिल, रोहनी लगायतका कलाकारहरुको नृत्य हेर्न सकिन्छ। पोखरा आसपासका रमणिय स्थानहरुमा खिचिएको भिडियो सरोज अधिकारीले खिचेका हुन्, गीतमा प्रिती गुरुङ्को कोरियोग्राफी छ। नबिनले यसअघि आधुनिक गिती संग्रह ‘कोशेली’ तथा ‘साथ’ बजारमा ल्याएका थिए।

SUBSCRIBE 👉