आर्मीको कथामा आधारित ‘शेर बहादुर’ टिजर


एक्शन, रोमान्स, ड्रामा लगायतका दृश्य शमाबेश गरि फिल्म ‘शेर बहादुर’को टिजर बाहिरिएको छ। माघ १९ गते बाट प्रदर्शनमा आउने यो फिल्मको निर्माण पक्षले युट्युब बाट टिजर रिलीज गरेको हो। ट्रेलरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान लगाएतका कलाकार देखिएका छन्। तर टिजरमा फिल्मका कुनै पनि डाईलग सुन्न सकिन्न। फिल्म शेर बाहादुर अर्थात सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ। उक्त पात्र भने सुनिल थापाले निर्वाह गरेका छन्।

बिशेषत शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म भएको बुझिएको छ। झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित फिल्म नभएको निर्माण पक्षको भनाई छ। सुनिल थापा , कर्मा , मेनुका प्रधान, रविन्द्र झा यो फिल्मका मुख्य कलाकारहरु हुन्।

सेट निर्माण गरेर ८० प्रतिशत फिल्म खिचिएको यो नै पहिलो नेपाली फिल्म भएको निर्माण पक्षको दावी छ। जुन सेट तयार गर्न मात्रै २५ लाख भन्दा बढी खर्च गरिएको बताईएको छ। फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माता बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी हुन्।