डर्टी पोलिटिक्स ! – विवादमा मल्लिका


dirty-politics-mallika-sherawat
बलिउडकी हट आइटम गर्ल तथा अभिनेत्री मल्लिका शेरावतको ‘विवाद’ भन्ने शब्दसँग गहिरो सम्बन्ध छ। समय–समयमा नयाँ विवादास्पद टिप्पणी गरेर चर्चामा आउने यी नायिका यसपटक भने टिप्पणीबाट विवादमा आईनन् बरु उनले अभिनय गरेको फिल्म ‘डर्टी पोलिटिक्स’को पोष्टरका कारण उनी विवादमा आईन्।

निर्माता केसी बोकाडियाको यो फिल्मको पोष्टरमा मल्लिका रातो बत्ति बलेको एम्बासेडर कारमा बसेकी छन् र उनको काँधमा एउटा भारतीय झण्डा राखिएको छ। उनी राजस्थान विधानसभातिर फर्काएर हातमा सिडी बोकेकी छन्।

बोकाडियाले राजस्थानको एक राजनीतिक पार्टीको कार्यकर्ताले पोष्टरमा भारतीय झण्डाबाहेक अन्य कपडा लगाउन दबाब दिईरहेको बताएका छन्। यो फिल्म राजस्थानको बहुचर्चित भवरीदेवी सेक्स स्क्याण्डलमा आधारित छ। ‘म मान्दछु कि फिल्मको पहिलो लुक निकै उत्तेजक छ, तर जुन कपडालाई मल्लिकाले आफ्नो शरीरमा राखेकी छन्, त्यसमा अशोक चक्र छैन, यो कपडाको झण्डासँग कुनै सम्बन्ध छैन, यो कपडा एउटा साधारण किसिमको कपडा हो जुन तीन रंग मिलेर बनाइएको छ।’ निर्माता बोकाडियाले भनेका छन्। फिल्ममा नसीरुद्धिन शाह, ओम पुरी, ज्याकी श्राफ र अनुपम खेरको पनि अभिनय रहेको छ।

SUBSCRIBE 👉