पहिलो पटक लोक गीतमा मोडल विकास [भिडीयो]


गायक कमल ज्ञवालीले नयाँ गीत ‘पन्चेबाजा’ सार्बजनिक गरेका छन्। लोक शैलीको सार्बजनिक गीतमा अनु शाह, बिकास लामिछाने, यसराज र रबिनाको अभिनय हेर्न सकिन्छ। मौलीक पन्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजीक भिडीयोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन्। कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवाली कै शब्द, संगीत सुन्न सकिने गीतको एरेन्ज आशिस अबिरलले गरेका हुन्। हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘पन्चेबाजा’मा भेष नारायण गुरुङले आर्थिक सहकार्य गरेका छन्। भिडीयोमा रामेश्वर कार्कीको छायाँकन, रोचक थापाको नृत्य र सुप्रिम पराजुलीको सम्पादन छ।

*भिडियो पोस्ट गरिएको च्यानलले ‘इम्बेड स्वीकृत’ नगरिएको हुँदा यो भिडियो हेर्न यु ट्युब सर्च गर्नुहोला।

SUBSCRIBE 👉