‘नशा भित्र नशा सरी’ गायक संजीप प्रधानको नयाँ म्यूजिक भिडियो ‘झोला’


अमेरिकामा बस्दै आएका गायक संजीप प्रधानको नयाँ म्यूजिक भिडियो ‘झोला’ रिलिज रिलिज गरेका छन्। गीतमा शब्द तथा सङ्गीत पनि गायक प्रधानकै सुन्न सकिन्छ। यो भिडियोले दर्शक तथा स्रोतालाई २५ वर्ष अघिको सम्झना दिलाउछ। भिडियोको शुरुमै गायक प्रधानको २०५१ सालमा रिलिज भएको पहिलो एकल एल्बम ‘नशा भित्र’को चर्चित गीत ‘देउरालीको चौतारीमा’ सुन्न सकिन्छ। सन् २०१३ मा नै बजारमा आएको एल्बम ‘पाठशाला’मा रहेको ‘झोला’ गीतको म्यूजिक भिडियोको छायाँकन नेपाल र अमेरीकामा गरिएको हो। मोडल तथा म्यूजिक भिडियोको कथाका भाग जति नेपालमा र गायक प्रधानका देखिएका दृश्यहरु अमेरीकाको बाल्टिमोरमा सुटिङ्ग गरिएको हो। सुजाता श्रेष्ठले निर्देशन गरेको यो म्युजिक भिडियो उज्वल जोशी र अंजित शाक्यले खिचेका हुन् भने सुनिल श्रेष्ठले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉