सलमानको फेसबुकमा १४ लाख भन्दा बढीले मनपराएको फोटो


salman-kham-most-popular-photo
सेलिब्रेटीले फेसबुकमा फोटो पोष्ट गरेपछि त्यो तस्वीरले निकै चर्चा पाउँछ। बलिउडमा ब्याड ब्वाईको नामले परिचित नायक सलमान खानले फेसबुकमा दुई वर्ष अघि राखेको एक फोटोलाई मनपराउनेको संख्या १४ लाख पुगेको छ।

भाईद्वय अरबाज र सोहेलका साथ खाना खाँदै गरेको उक्त तस्वीरलाई अझै मनपराउनेको संख्या बढीरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। समाचार अनुसार दुई वर्षपछि पनि उक्त तस्वीर निकै हिट भइरहेको छ। यो फोटोलाई ४२ हजार बढी फलोअर्सले शेयर गरेका छन् भने ३० हजार बढी कमेन्ट पाएको छ।

सलमान फेसबुकमा सबैभन्दा बढी रुचाइएका सेलिब्रेटी पर्छन् । फेसबुमा उनको १ करोड ६२ लाख भन्दा बढी फलोअर छन् ।

SUBSCRIBE 👉