अवार्ड विजेताहरुको सहकार्य । आशिष पुरुष र सारिकाको ‘के यो माया हो’ ?


वियोगान्त भावका गीतहरुको भिडियोमा देखिदै आएका मोडल आशिष, यो पटक रोमान्टिक भावको गीतको भिडियोमा देखिदै छन्। दोस्रो म्युजिक भिडियो अवार्डमा उत्कृष्ट फिमेल मोडल अवार्ड (युएई परिवेशबाट) पाउन सफल सारिका सुनारले आशिषलाई अभिनयमा साथ दिएकी छिन।

युएईका बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको ‘के यो माया हो’ गीतको भिडियोलाई रोहित विक्रम कार्कीले निर्देशन तथा छायाँकन गरेका हुन्। गीतमा गायक सन्तोष लामाको स्वर, रोहित बस्नेतको शब्द र सुबिर पन्तको सङ्गीत छ।

नेपाली गीत सङ्गीत क्षेत्रमा प्रबासमा निर्माण हुने नेपाली म्युजिक भिडियोहरुको प्रतिस्पर्धालाई उत्कृष्टताको स्थानमा पुराउन यतिबेला युएईमा निर्माण हुने नेपाली म्युजिक भिडियोहरु एक पछि अर्को गर्दै उत्कृस्ट बनिरहेका छन्।

रमाईलो कुरा त के छ भने, गत डिसेम्बर १, यूएई अबुधाबिमा सम्पन्न भएको दोश्रो म्युजिक भिडियो अवार्डमा यूएईमा रहेर आफ्नो उत्कृष्ट कला क्षमता प्रस्तुत गर्दै आएका मोडल आशिष पुरुष, सारिका सुनार र क्यामरा पर्सन रोहित विक्रम कार्कीले क्रमस उत्कृष्ट मोडल र क्यामरा पर्सनको अवार्ड हासिल गरेका थिए।

SUBSCRIBE 👉