‘बफिन्स ९८’को ‘अन्जानैमा… ’ भड्किएको आत्माको भिडियोमा गौरव र प्रियंका


कुनै समयका राजा रानी र उनीहरुको भड्किएको आत्माको कथामा बनेको ‘बफिन्स ९८’ समुहको नयाँ गीत ‘अन्जानैमा बसेछ माया’ बोलको गीतको भिडियो रिलिज भएको छ। गीतमा गायक सञ्जिब गुरुङको शब्द र संगीत छ। भिडियोमा गौरव पहारी र प्रियंका सिंहले अभिनय गरेका छन्। भिडियोको निर्देशन ब्यान्डका गिटारिस्ट जिवन भाईले गरेका हुन्। बफिन्स भन्ने शब्द ब्रिटिश स्ल्याङ हो, जस्को अर्थ वैज्ञानिक हुन्छ । गीत संगीतमा दुई दशक पार गरेको अवसरमा समूहले नयाँ वर्षको मौका छोप्दै भिडियो सार्वजनिक गरेको हो।

सन् १९९८ देखि सक्रिय पोखराको यो समूहले यो भन्दा अघि ३ वटा कृति सार्वजनिक गरी सकेको छ । देशप्रेम र देशभक्तिका शब्द संगीत मार्फत चिनिने यो समूहले २० बर्ष पार गर्दा भने माया प्रेमका गितलाई पनि समावेश गरेको छ। हाल यस ब्याण्डका गायक सन्जिब हङकङको कोएजार एचके भन्ने समूहहमा सक्रिय छन भने समुहका अन्य सदस्यहरु विवेक थापा, प्रताप गुरुङ, विजय हावा, रोशन महर्जन अन्य देशमा छन्।

SUBSCRIBE 👉