‘प्रेम गीत २’ कि नायिका अश्लेषा अब कता ?


प्रेमगीतबाट पूजा शर्माले तारिफ बटुलिन् तर प्रेमगीत २ मा पूजालाई ‘रिप्लेस’ गरिन्, अश्लेषा ठकुरीले। यत्ति भएपछि के चाहियो, अश्लेषा सबैको नजरमा परिहालिन्। आक्रामक प्रचारप्रसारका बीच प्रेमगीत २ प्रदर्शन भयो। प्रमोसनका क्रममा उनी आफैँ ‘मार्डरोव मालफंक्सन’को विवादमा पनि परिन्। धन्न ! फिल्मले नेपालबाट करिब–करिब लगानी उठायो। यसको मतलब अश्लेषाको करिअरले गति लिनुपर्ने हो। तर, प्रेमगीत २ प्रदर्शन भएको आधा वर्ष बितिसक्यो, अश्लेषा अर्को फिल्ममा अनुबन्ध भएको खबर सुनिएको छैन। जबकि, उनीसँगै स्क्रिन सेयर गरेका हिरो प्रदीप खड्काले ‘लिलीबिली’को सुटिङ भ्याइसके। अन्य फिल्मबाट पनि अफरको ओइरो छ। तर, अश्लेषाचाहिँ बिस्तारै ओझेलमा परेको आभास हुन थालेको छ।

SUBSCRIBE 👉