प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेम ! [भिडियो]


नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका साथमा पुन: देखिएकी छिन्। प्रियंका कार्की, कार्टुन्ज क्रु का आश्मा विश्वकर्मा र सरोज अधिकारीको गज्जब नृत्य सहितको ‘माछीले खाने खोलीको लेऊ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि चलचित्र पुरानो डुंगा को ‘नीर जैले रिसाउने’ बोलको गीतको कभर भिडियोमा उनीहरुले सँगै कम्मर मर्काएका थिए। भिडियोमा प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायांकन सुदिप बरालले गरेका हुन्।

मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा बसन्त सापकोटाको संगीत छ र दिनेश थपलियाको शब्द छ। गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि खुलेको छ। मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ। यसअघि ‘जता जता पिरतीको बाटो’को कभर डान्स प्रतियोगिताको बिजेता पोखराको ‘क्रिस्टल क्लज डान्स ग्रुप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो।

SUBSCRIBE 👉