दुई निर्देशकको एक फिल्म ‘गरुड पुराण’ घोषणा


राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’गरुड पुराण’ घोषणा गरिएको छ। फिल्म ’अपवाद’ मार्फत यस क्षेत्रमा भित्रिएका सुशन प्रजापति र सुवास कोइरालाले फिल्मलाई संयुक्त रुपमा निर्देशन गर्दैछन। कमेडी जनरको यस फिल्ममा कर्मा, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन लगायतको कलाकार रहनेछन। यसै फिल्म मार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्ने्छिन्।

फिल्ममा लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ। यसै साताबाट छायाँकनमा जाने फिल्मका प्रस्तुतकर्ता सुशन प्रजापति हुन्। अजित फिल्म्स ब्यानरमा निर्माण हुने फिल्ममा अशोक गौतम फिल्म्स पनि एसोसिएट रहेको छ। फिल्मको छायाँकन काठमाण्डौ तथा आसपासका क्षेत्रमा हुनेछ।

फिल्मलाई सुशनले नै खिच्नेछन् भने यसमा कसम नेपालको कथा तथा आकाश बराल, बिनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद छ। अजित प्राजपति निर्माता रहेको फिल्मका सह-निर्माता अशोक गौतम हुन्। फिल्मको सम्पादन उज्वल ढकालले गर्नेछन। फिल्ममा विभिन्न पात्रको भोगाईलाई देखाइने निर्माण पक्षले जनाएको छ।

SUBSCRIBE 👉