गायक रुद्र शेखरको ‘दुख्दिन म’ [म्युजिक भिडियो]


युवा गायक रुद्र शेखर शर्माले केही दिनअघि काठमाडौंमा विमोचन गरीएको आफ्नो पहिलो एल्बम ‘रुपम’ मा समावेश गरिएको पहिलो गीत ‘दुख्दिन म…’ को म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन्। गीतकार विपिन किरणका कर्णप्रीय शब्दहरुको उक्त गीतलाई नारायण सुवेदी आभासले संगीतबद्ध गरेका छन्। सुगम संगीतमा आधारित आधुनिक शैलीको उक्त गीतमा संगीतकर्मी किरण कँडेलको संगीत संयोजन छ।

गायक रुद्र शेखर शर्मा तथा किरण क्रिएसनको प्रस्तुतीमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोलाई निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन्। रोमान्टिक शैली प्रदान गरिएको भिडियोमा चलचित्रका अभिनेता आयुष रिजाल तथा अभिनेत्री अनु शाहले अभिनय गरेका छन्। अर्जुन तिवारी तथा टिमले यो म्युजिक भिडियो छायांकन गरेको हो। निशाल घिमिरे म्युजिक भिडियोका सम्पादक हुन्।

SUBSCRIBE 👉