शान्ति पाउन बुद्धका पुस्तक पढ्दै शाहरुख


Saharukh Khan

Saharukh Khan

इण्डियन प्रिमियर लिग(आइपीएल) २०१४ मा धमाकापूर्ण जीत निकालेको कलकत्ता नाइट राइडर्स(केकेआर)का मालिक तथा बलिउड बादशाह शाहरुख खान एक महिना अवधिको उक्त प्रतियोगिता सकिएपछिको तनावपूर्ण अवस्थालाई शान्तिमा रुपान्तरण गर्न भगवान गौतम बुद्धका पुस्तक पढ्न थालेका छन् ।

शाहरुखले बुधबार ट्वीटरमा शान्तिको अनुभुति लिनका लागि गौतम बुद्धमा आधारित पुरा पुस्तक पढ्न आफुले पुस्तक मगाएको भन्दै ट्वीट गरेका छन् । ‘ती पुस्तक पढ्न उत्साहित छु र त्यसले मन शान्त पार्नेछ भन्नेमा ढुक्क छु।’ उनले ट्वीट गरेका छन्।

उनले आइपीएलको सातौं संस्करण शुरु हुनु अघि नै फराह खानले निर्देशन गरेको फिल्म ‘ह्याप्पी न्यू ईयर’को सुटिङको काम पुरा गरेका थिए र आइपीएलको विषयलाई लिएर निकै उत्साहित पनि थिए। उनी आफ्नो टिमले खेलेको अधिकांश खेलमा खेलाडीलाई हौसला बढाउन स्टेडियममै पुग्ने गर्दथे।

SUBSCRIBE 👉