स्कटल्याण्डमा अनमोल र अदिति, हेर्नुहोस् ‘कृ’ को रोमान्टिक गीत


यो बर्षको सर्वाधिक प्रतिक्षित चलचित्र ‘कृ’ माघ २६ गतेबाट देशव्यापी रिलिज हुँदैछ। नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी अभिनित यो चलचित्रको एउटा गीत स्कटल्याण्डमा खिचिएको छ। ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो स्कटल्याण्डको रमणिय स्थानमा ३ दिन लगाएर खिचिएको हो। सोहि गीत हालै रिलिज गरिएको छ र दर्शक स्रोताले औधी मन पराएका छन्।

गीतमा रोदित भण्डारीको स्वर, रोदित कै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत सुन्न सकिन्छ। भिडियोमा अनमोल र अदिति रोमान्टिक मुडमा देखिएका छन्। पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन्। चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन्।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो। चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ। कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन्।

चलचित्रमा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ।

SUBSCRIBE 👉