फ्यानहरुकालागी गायक राजेश पायल राईको भ्यालेनटाइन उपहार


नेपाली गीत संगीत क्षेत्रमा गायक राजेस पायल राईको भिन्न परिचय छ। ‘राई इज किङ्ग’ उपमाले चिनिने उनका थुप्रै गीतहरु लोकप्रिय छन्। यसै क्रममा ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित उनको ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत रिलिज भएको छ। आफ्ना प्रशंशकहरुका लागि उनले भ्यालेनटाइन उपहार स्वरूप यो गीत प्रस्तुत गरेका हुन्। गीतमा बबी गुरुङको शब्द र राजकुमार बगरको संगीत सुन्न सकिन्छ। म्यूजिक भिडियोमा मोडल सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन्। राधाकृष्ण आचार्यले निर्देशन गरेको गीतको भिडियो रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन्।

SUBSCRIBE 👉