राजधानी फर्कियो मिस नेपाल


miss-nepal-nepali-movie
ग्ल्यामर नेपाल, काठमाडौं । गत साता मोफसलमा रिलिज भएको फिल्म ‘मिस नेपाल’ शुक्रबारबाट उपत्यकाका हलमा प्रदर्शनमा आएको छ। फिल्म निर्माणताका देखि नै विवाद र चर्चामा आएको यो फिल्म मोफसलमा रिलिज हुनासाथ फिल्मकी निर्माता तथा प्रमुख कलाकार शुभेच्छा थापाले फिल्मले व्यापार गरेको भन्दै वितरक करण श्रेष्ठ ‘क्रेजी’लाई चुम्बन दिएकी थिईन्।

वितरण श्रेष्ठका अनुसार राजधानीका गोपीकृष्ण, गंगा, ललित अष्टनारायण, विश्वज्योति, बाराही, गुणलगायतका विभिन्न हलमा फिल्म प्रदर्शन भईरहेको छ। ‘मोफसलमा दोस्रो हप्तामा फिल्मले पिकअप लिईरहेको छ, राजधानीका हलमा शुक्रबारको ओपनिङ पनि उत्साहजनक रह्यो।’वितरक श्रेष्ठले भने। शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्देशक सुरेन्द्र तुलाधर हुन्। फिल्ममा सबिन श्रेष्ठ, क्षितिजा शाक्य, कल्याण घिमिरे लगायतको अभिनय छ।

SUBSCRIBE 👉