शिव पार्वती लुक्समा – अनु र गौरव


आगामी वैशाख १४ गते रिलिज हुने फिल्म ‘पसिना’को नयाँ गीत ‘हावा चल्यो सिरिरि’ सार्वजनिक भएको छ। नन स्टप क्रियसनको ब्यानरमा आरबीके शरदले निर्देशन गरेको फिल्मको गीतमा अनु शाह र गौरव पहाडी फिचरिङ छन्। निर्देशक शरदले सामाजिक र यथार्थ घटनालाई फिल्ममा उतार्ने प्रयास गरिएको बताए। गीतमा अनु र गौरवलाई शिव पार्वती लुक्समा देखाइएको छ। शान्ता ढकाल र सञ्जय महतोको लगानी रहेको फिल्ममा सरोज खनाल, रवी गिरी, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजोपाध्याय, सिर्जना अधिकारी, शिवशंकर रिजाल, सुरजनी केसी, शारदा गिरीलगायतको अभिनय छ। फिल्ममा राजनराज शिवाकोटी, थिरज राई र दीपक शर्माको संगीत, नविन निरौलाको सम्पादन, शिव बिकको नृत्य, देव महर्जनको द्वन्द्व र राम केसीको छायांकन छ।

SUBSCRIBE 👉