फिल्म रिलिज भएपछी अनमोल सँग किन रिसाईन अदिति?


फिल्म रिलिज भएको एक सातापछी ‘कृ’ युनिटले फिल्मको अर्को गीत अनलाईन रिलिज गरेको छ। फिल्ममा सरप्राइजको रुपमा राखिएको ‘उकालीमा’ बोलको गीतमा अनमोल केसी र अदिति बुढाथोकी फिचरीङ छन्। भिडियोमा अनमोलले रिसाएकी अदितिलाई फकाई रहेका छन्। सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो। सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र अदितीसंगै अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मलाइ सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा निर्माण गरेका हुन्।

SUBSCRIBE 👉