प्रियंकाले पाईनन् विज्ञापनको पारिश्रमिक


हलिउडमा समेत सक्रिय रहेकी बलिउड नायिका प्रियंका चोपडाले आफु ठगिएको भन्दै उजुरी गरेकी छिन्। हिरा कारोवारी नीरव मोदीले आफुलाई पारिश्रमिक नदिएको भन्दै प्रियंकाले नीरवलाई लिगल नोटिस पठाएकी छिन्। प्रियंका नीरवको कम्पनी ग्लोबलको ब्राण्ड एम्बेस्डर थिइन्। प्रियंकाले नीरवको कम्पनिबाट बनेको गहनामा मोडलिङ गरेकी छिन्। सो कामको निरवले पारिश्रमिक नदिएको आरोप उनले लगाएकी छिन्।

भारतको पञ्जाब नेसनल बैंकले बैकिङ ठगीमा निरवबिरुद्ध मुद्दा दर्ता गराएपछि प्रियंका ठगिएको सार्वजनिक भएको हो। बैंकले निरवले १७७.७७ करोड डलर ठगी गरेको आरोप लगाएको छ। बैंकले निरव बिरुद्ध सिआइबीमा उजुरी समेत दिएको छ।

SUBSCRIBE 👉