श्रीकृष्णलाई स्वेताको अनुरोध ‘मेरा दिल लिजिए’ (भिडियोसहित)


sweta-khadka-1ग्ल्यामर नेपाल, काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग रियल रोमान्समा रहेकी नायिका स्वेता खड्का यिनै नायकसँग ‘मेरा दिल लिजिए’ भन्दै प्रेमको माग गरिरहेकी छन्। तर उनको यो माग भने वास्तविक होईन। श्रीकृष्णले निर्माण गरेको फिल्म ‘कोहिनुर’मा नायिका खड्का मुम्बईको कुनै एक नृत्यशालामा श्रीकृष्णसँग दिल लैजान भन्दै नाचिरहेको अवस्थामा भेटिएकी छन्।

आगामी साउन २३ गतेबाट रिलिज हुन लागेको यो फिल्मको सार्वजनिक प्रोमोमा एक्सन नायिकाको रुपमा प्रस्तुत भएकी स्वेताले श्रीकृष्णसँग दिलको कुरा गरेकी हुन्।

महिला बेच बिखन सम्बन्धी सामाजिक कथामा बनाईएको फिल्मका केही दृश्य मुम्बईमा छायांकन गरिएका छन्। नेपा मुभिजको व्यानरमा निर्मित फिल्मका निर्देशक आकाश अधिकारी हुन् । फिल्ममा मिथिला शर्मा, मुकुन्द श्रेष्ठ, सुनिल कटुवाल, सम्राट सापकोटा, रमेश अधिकारी, गोपाल अर्याल, सुरेश अधिकारी तथा भारतीय कलाकारको समेत अभिनय रहेको छ।

kohinoor-trailer

SUBSCRIBE 👉