अन्जु पन्तको बदनामी… !

नेपाली गीत संगीत क्षेत्रमा चर्चित नाम हो – Anju Panta । न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, सुर्के थैली खै, तिमि रोएको पल लगायत दर्जनौ चर्चित गीतहरु उनको आवाजमा सुन्न सकिन्छ। उनै अन्जुको आवाजमा एउटी नारीको पिडा र बेदनाको कथा बोल्ने गीत ‘बदनामी…’


नेपाली गीत संगीत क्षेत्रमा चर्चित नाम हो – अन्जु पन्त। न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, सुर्के थैली खै, तिमि रोएको पल लगायत दर्जनौ चर्चित गीतहरु उनको आवाजमा सुन्न सकिन्छ। उनै अन्जुको आवाजमा एउटी नारीको पिडा र बेदनाको कथा बोल्ने गीत ‘बदनामी…’ को म्युजिक भिडियो रिलिज गरिएको छ।

सेलेब्रिटी नेपाल डट कमले निर्माण गरेको म्युजिक भिडियोमा कृति भट्टराई, बुद्धि श्रेष्ठ र एलिजा बुढाथोकीले अभिनय गरेका छन्। गीतमा बिक्रम के.सी.को शब्द तथा संगीत सुन्न सकिन्छ। सुरेश काफ्लेले छायांकन तथा निर्देशन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन्।

अन्जु पन्तले दर्जनौं नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन्। पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अन्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन्। – म्युजिक भिडियो हेनुहोस्

SUBSCRIBE 👉