‘लालगेडी’ गीतमा मनका भाव खोल्दै पियुष र बेनिशा


सुरी राई तथा पियुष कुँवरको स्वर रहेको गीत ‘लालगेडी’ को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा पियुष सँगै बेनिशा हमाल फिचरीङ छिन्। गीतमा एक अर्काको मनमा रहेको मायालाई देखाइएको छ। गीत सुरी एल्बममा संग्रहित छ भने गीतमा सानो दिलको शब्द र भानुभक्त ढकाल संगीतको रहेको छ। निकेश खड्काको निर्देशन, बुद्ध थापा एण्ड टिमले छायाँकन र विकास धमलाको सम्पादनमा तयार भएको भिडियोमा राजिभ समरको कोरियोग्राफी छ।

एल्बममा ५ गीत संग्रहित छन्। लालगेडी सँगै सुरी, को हो त्यो, तिम्रो आगमनले र मन भरि बेदना बोलको गीत रहेका छन्। एल्बम का गीतहरुमा सुरी कै स्वर रहेको छ भने पियुषले साथ् दिएका छन्। सानो दिल, रवी मल्ल, कमल मल्ल, सुरी र मनोज आचार्यको शब्द छ भने भानुभक्त सँगै कल्याण सिंह, न्हू बज्राचार्य र कर्ण दासको संगीत छ।

SUBSCRIBE 👉