बुनु श्रेष्ठको ‘झिमझिम परेलीमा’ रिमेक भर्सन । भिडियोमा हेर्नुहोस् अलिशा राईको आकर्षक नृत्य


पुरानी गायिका बुनु श्रेष्ठले सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी छिन्। एक दशकअघि नै लोकप्रिय भएको आफ्नै गीतलाई गायिका श्रेष्ठले फेरी रेकर्ड गरेर दर्शक तथा स्रोता माझ ल्याएकी हुन्। ‘झिमझिम परेलीमा…’ शीर्षकको गीतलाई रि-एरेञ्ज गर्दै गायिका श्रेष्ठले यसलाई नयाँ स्वरुप प्रदान गरेकी छिन। उक्त गीतको म्युजिक भिडियो हालै यूट्युबमार्फत रिलिज भएको छ।

गायिका श्रेष्ठले लामो समयपछि आफू दर्शक तथा स्रोतामाझ आउँदा समेत राम्रो स्वागत पाएको बताएकी छिन्। दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु गायिका श्रेष्ठले नै रचना गरेकी हुन्। यो गीतको रेकर्डिङ कार्य स्टुडियो साउण्ड मिलमा चर्चित रेकर्डिष्ट महेश्वरमान राजभण्डारीले गर्नु भएको हो।

गीत सुन्दा जति कर्णप्रिय छ, गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन्। एलिशालाई साथीहरुले नृत्यमा साथ दिएका छन्। प्रशान्त तामाङले कोरियोग्राफी गरेको यो भिडियोको छायांकन रामशरण उप्रेती र मदन घिमिरेले गरेका हुन्। नितिन चन्दको निर्देशनमा तयार भएको यो भिडियोलाई दिन्सोन शाले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉