दबंग – ३ मा पनि प्रहरीको भूमिकामा देखिनेछन् सलमान खान


सलमान अभिनित बलिउड सुपरहिट चलचित्र ‘दबंग’को तेस्रो सिक्वेल ‘दबंग–३’ २०१८ को मध्य बाट शुरुहुने जानकारी आएको छ। फिल्म अभिनेता एव‌‌‌‌ निर्माता अरबाज खानले आफ्नो अगामी फिल्म ‘दबंग–३’को सुटिङ २०१८ को मध्य मेबाट सुरु हुने बताएका छन् । ‘मिटु’ नामक लघु चलचित्रको स्पेशल प्रदर्शनको अवसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीको क्रममा उनले दबंग–३को सुटिङबारे जानकारी दिएका हुन्। अरबाजले यो फिल्म निर्माणका लागि आफ्नो धेरै समय, प्रयास र एकग्रता आवश्यकता रहेको कुरा समेत उल्लेख गरे।

दबंग–३ मा पनि सलमान खान प्रहरीको भूमिकामा देखिने तय भएपनि हिरोइन कसलाई राख्ने भन्ने विषयमा हालसम्म औपचारिक जानकारी प्राप्त भएको छैन। सलमानद्वारा अभिनित चलचित्र ‘दबंग’ बलिउडको सुपरहिट चलचित्रको रुपमा लिइन्छ। बक्स अफिसमा यो फिल्मले एकसय करोड भन्दा बढी भारु संकलन गरेको थियो।

SUBSCRIBE 👉