धेरै ओपन मननपराउने श्रेया


shreya-timilsinaग्ल्यामर नेपाल, काठमाडौं । नेपालमा मोडलिङ क्षेत्रको विकासको क्रमसँगै यहाँ प्रवेश गर्ने युवापुस्ताको संख्या बढीरहेको छ। ललितपुरको इमाडोलकि बासिन्दा श्रेया तिमिल्सिना पनि यतिबेला पर्दाको रंगिन संसारमा आफुलाई सक्रिय बनाइरहेकी छन्।

‘सानैदखि मोडलिङ र अभिनयबाट चिनिने सोच बनाएकी थिएँ,’ उनले भनिन्, ‘अहिले आएर त्यो पुरा गर्न लागिपरेकी छु।’ १८ वर्षीया श्रेयाले ‘मेरो मनको राजा’, ‘सम्बन्ध आफै जोडी’, ‘जुनी जुनी’, ‘चौतारीमा आउँदै’, ‘बद्मास छ नजर’, ‘मेरो मन रुवाएर’लगायतका दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।

उनी मोडलिङको क्षेत्रमा ग्ल्यामर आवश्यक भएपनि समाजले पचाउन सक्नेसम्म एक्सपोज गर्नुपर्ने बताउँछिन्। ‘मलाई धेरै ओपन मन पर्दैन।’ उनको भनाई छ । पर्दाको क्षेत्रबाट लोकप्रिय कलाकारको रुपमा चिनिने अठोट पालेकी उनी कुशल नृत्यकार पनि हुन्। फिल्ममा अफर आइरहेको बताउने उनी अहिले भने म्युजिक भिडियोबाटै पहिचान बनाउने जनाउँछिन्।

SUBSCRIBE 👉