सचिनकी प्रेमिका बनिन् स्वस्तिमा


आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘तिमीबाट…’ बोलको यस गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ। भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीको अभिनय छ। भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन्। मोडल सचिनले यसै गीत मार्फत अभिनयमा डेब्यू गरेका हुन्।

गीतले प्रेमी-प्रेमिकाको अञ्जानको गल्तीले निम्त्याएको घटनाको बयान गरेको छ। गर्भवती बनेपछि खुशी बनेकी प्रेमिकाले प्रेमीलाई यो कुरा सुनाउँदा बेवास्ता गरेपछि प्रेमिकाले आत्महत्या गरेपछिको भावनात्मक पागलपनलाई गीतको भिडियोमा प्रस्तुत छ। भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉