प्रविशाको पखेटा, फरक शैलीको म्युजिक भिडियो


पछिल्लो समय गीतलाई जति सुन्ने गरिन्छन त्यो भन्दा बढी हेर्ने गरिन्छ। यसैले होला पछिल्लो समय गीतको भिडियोलाई बनाउदा विशेष ध्यान दिने गरिएको छ। सार्वजनिक भिडियो ‘पखेटा’ मा पनि केहि फरक छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतमा स्याडो एक्ट देखाइएको छ। गीतमा लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत प्रस्तुत गरिएको योगीत वान सटमै छायाँकन गरिएको हो। यस किसमको भिडियो नेपालमा भने विरलै बन्ने गर्छन। गीतको लागि प्रोपर्टी डिजाइन र त्यसको व्यस्थापन सागर लामाले गरेका हुन्।

मनिष बशिष्टको शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत रहेको छ भने यसलाई प्रविशा अधिकारी र बिष्णु आचार्यले गाएका छन्। गीतको एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सीङ फिरोज बज्राचार्यले गरेका हुन्। भिडियोमा सुबोल थापा, राजु नेपाली, अनन्त राई, रिना खत्री, सरिना सुनुवार, अनिमा लामाको अभिनय छ । यसमा मेकअप सविना लामाको रहेको छ भने यसलाई वान सटमै उत्तम हुमागाईंले छायाँकन गरेका हुन्। भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉