को को भए हैरान ? हैरानै पार्ने ‘हैरान’ को गीत हेर्नुहोस्


फिल्म ‘हैरान’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। सत्यराज र स्वरूपराज आचार्यको शब्द र संगीत रहेको गीतमा सत्य-स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका छन्। राजन इशानले एरेन्ज गरेको यो गीतमा गिरिश खतिवडाको र्याप सुन्न सकिन्छ।

गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन्। विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ।

राजधानी स्थित एनएफडिसीमा सेट लगाएर यसको छायाँकन केहि दिन अगाडी मात्र गरिएको हो। गीतमा फिल्मका सम्पूर्ण कलाकारलाई फिचरिङ्ग गरिएको छ। डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए। यिनै सौगात दोस्रो फिल्म लियर आउंदैछन्। अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन। फिल्मका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन्। फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ।

SUBSCRIBE 👉