आफताबले गरे गुपचाप विवाह


aftab बलिउड अभिनेता आफताब शिवदसानीले आफ्नी प्रेमिका निन दुसाञ्जसँग गुपचुप विवाह गरेका छन्। परिवारका अनुसार उनीहरुले पारिवारिक जमघटमा आफ्नो विवाह गरेका हुन्।

सञ्चारमाध्यमका अनुसार यो जोडीको विवाहको खबर सञ्चारमाध्यममा आइरहँदा उनीहरु चाहिँ हनिमुन मनाइरहेका थिए। विवाह पश्चात आफताब र निनले आफ्ना निजी साथीलाई चाँडै नै रिसिप्सन पार्टी दिँदैछन् र पार्टी स्थल पनि भारतको कुनै एक भर्जिन लोकेशनमा हुनेछ। निन सनु २०१२ मा भारत आएकी थिईन्। उनी यसअघि हङकङको एक लग्जरी ब्राण्डका लागि काम गर्थिन्।

SUBSCRIBE 👉