प्लाष्टिक सर्जरीले फेरियो राखीको रुप


rakhi-sawant
बलिउडकी आइटम गर्ल राखी सावन्तको नयाँ लुक्सले केही दिनदेखि बलिउड बजार तातिरहेको छ। बताइए अनुसार राखीले आफ्नो अनुहारलाई चार्मिङ बनाउन फेरी सर्जरी गरेकी छन्। हालै मराठी फिल्म ‘जयजयकार’को पत्रकार सम्मेलनमा उपस्थित भएकी राखीको अनुहार निकै परिवर्तन भएको थियो।

‘कन्ट्रोभर्सी क्वीन’ को नामले परिचित राखी आफ्नो एक्सपेरिमेन्टल लुक्सका कारण प्राय चर्चामा आइरहन्छिन्। केही समयअघि करण जोहारको च्याट शो ‘कफी विथ करन’मा आएकी राखीले भगवानले दिन नसक्ने कुरालाई डाक्टरले दिने गरेको कुरा बताउँदा निकै विवादमा आएकी थिईन्। राखीले आफुले प्लाष्टिक सर्जरी गरेको उक्त शोमा बताएकी थिईन्।

बलिउडमा शिल्पा सेठ्ठी र अनुष्का शर्माले पनि अनुहारको प्लाष्टिक सर्जरी गरिसकेका छन्। राखीले यसअघि पनि धेरैपटक प्लाष्टिक सर्जरी गराइसकेकी छन् । केही समय अघि कमेडी सर्कसका निर्माता राज मल्होत्राको जन्मदिनको पार्टीमा उपस्थित हुँदा पनि राखीको अनुहार निकै परिवर्तन भएको थियो।

SUBSCRIBE 👉