‘कहीँ कतै’ ट्रेलरमा खुशी र आँशु


काठमाडौ । आगामी साउन २५ गते रिलीज हुने फिल्म ‘कहीँ कतै’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कलाकारको प्रेमसँगै प्रेम वियोगको दृश्यलाई समेटिएको छ । ट्रेलरमा सोनम बरफुङ्गपा र सिवानी गिरी, दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरीले फिचरिङ गरेका छन् ।

सिवानी र सोनमले यहि फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेका हुन् । सिक्किम स्थायी घर भएकी नवनायिका गिरी मिस भारत र मिस हिमालयनमा फस्र्ट रनरअप हुन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली फिल्ममा अभिनय गरिरहेकी छिन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन, रोशन श्रेष्ठ द्वन्द्व, सचिन सिंह र लक्की सिटौलाको संगीत छ । फिल्ममा सबिर श्रेष्ठको लेखन तथा निर्देशन छ । फिल्मलाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।

SUBSCRIBE 👉