फष्टलुकमा यस्तो छ अनुराग


काठमाडौं । आगामी असोज १२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अनुराग’को चार फष्टलुक एकसाथ सार्वजनिक भएको छ । सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख कलाकार एलिजा गौतम र समुन्द्र पण्डितले फिचरिङ गरेका छन् ।

एरिका फिल्म्सको व्यानरमा निर्मित फिल्ममा सत्यराज चौलागाईको निर्देशन छ । प्रेमकथाको फिल्ममा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत, कमलकान्त मैनाली, विद्या भट्टराई, दावा लामा लगायतको अभिनय छ ।

पत्रकार ऋषिराज धमला प्रस्तुतकर्ता रहेको फिल्ममा भरत गौतम र गीता भेटवालको लगानी छ । फिल्ममा दीपक गौतम लाइन प्रोड्युसर, रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा तथा संवाद, भूपेन्द्र अधिकारीको सम्पादन, सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ ।

फिल्मको यसअघि ‘कान्छा दाई गाना बजाई देउन’ र यस्तो साथी तिम्रो बन्छु म’को भिडियो र ‘तिम्रो स्वरमा स्वर मिलाई’ गीतको लिरिकल भिडियो पनि सार्वजनिक भइसकेको छ ।

SUBSCRIBE 👉