नायिका, फेसन स्टाइलिष्ट लगायत सात नारीलाई नवनारी सम्मान


navanari-samman-2071-garima-pantaग्ल्यामर नेपाल, काठमाडौं । नवनारी मिडियाको छैठौं वार्षिकोत्सवको अवसर पारेर विभिन्न विभिन्न विधामा उल्लेख्य योगदान पुर्याउने सात नारीलाई शनिवार राजधानीमा सम्मान गरिएको छ।

संस्थाले नायिका गरिमा पन्त, युवा व्यावसायी मेघा चौधरी शाक्य, समाजसेवी पद्यमिनी प्रधानांग, फेसन स्टाइलिष्ट निलिमा शर्मा, प्याब्सन उपाध्यक्ष दिपिका थापा, वरिष्ठ गायिका संगीत राना प्रधान र सञ्चारकर्मी चन्दा विष्टलाई ‘नवनारी सम्मान २०७१’बाट सम्मानित गरेको हो। उनीहरुलाई पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार शंकरप्रसाद (एस.पी.) कोइरालाले ताम्रपत्र र खादाबाट सम्मान गरेका थिए।

कार्यक्रममा वरिष्ठ गायिका संगीता राना, गायक दीपक लिम्बु, तीलकबम मल्ललगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए भने प्रयास कला केन्द्रका कलाकारले आकर्षक नृत्य देखाएका थिए। मिडियाकी अध्यक्ष जानुका ढकालले मिडियाले गएको चैत्रबाट गुल्मी जिल्लाको बम्घा गाविसको १ र २ नम्बर वडाका सय बच्चाहरुको पढाईका लागि सहयोग शुरु गरेको बताईन्। प्रमुख अतिथि कोइरालाले नवनारी मिडियाको क्षेत्रबाट प्रशंसनीय काम गरेको र निरन्तर रुपमा नवनारीबाट यस्तै कार्यको अपेक्षा रहेको जानकारी गराए।

navanari-samman-2071-neelima-sharma

Click on Small Images to View large Image !

 

SUBSCRIBE 👉