प्रियंका–आयुष्मानको इन्गेजमेन्ट


काठमाडौं । डेढ वर्षदेखि प्रेममा रहेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शनिवार इन्गेजमेन्ट गरेका छन् । दुवैजनाको परिवारको उपस्थितिमा इन्गेजमेन्ट गरिए पनि इन्गेजमेन्टमा फिल्मकर्मीको उपस्थिति थिएन ।

मिडियाको समेत अनुपस्थिति रहेको कार्यक्रममा आयुष्मानकी आमा रविनाले इन्स्टाग्राम तथा फेसबुकमा फोटो राखेर बधाई दिएपछि उनीहरुको इन्गेजमेन्टको खबर सार्वजनिक भएको हो । समाचार अनुसार आगामी असोजमा उनीहरु विवाह गर्दैछन् ।

SUBSCRIBE 👉