हल्का माया लगाउँदै रेखा थापा


काठमाडौं । लक्ष्मी पुजाको दिन रिलिज हुने नायिका तथा निर्मात्री रेखा थापाको फिल्म ‘मालिका’को पहिलो गीत ‘हल्का माया के माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायिका रेखा जाजरकोटको दरबारमा स्थानीयसँग नृत्य गरेकी छन् ।

गीतमा फिल्मकी कलाकार कमला ओलीको पनि अभिनय छ । सार्वजनिक गीतमा अञ्जु पन्तको स्वर, नरबहादुर कार्कीको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेको कोरियोग्राफी तारिफयोग्य छ ।

रेखा फिल्मस्को व्यानरमा बनेको फिल्ममा सरस्वती थापा निर्माण रहेको फिल्ममा नरबहादुर कार्की कार्यकारी निर्माता छन् । रेखाकै निर्देशन रहेको फिल्ममा शिवम अधिकारीको पटकथा, वनिष शाहको सम्पादन र रामशरण उप्रेतीको छायांकन छ ।

SUBSCRIBE 👉