सनी लियोनको हट राजकुमारी लुक्स


sunny-leone-in-princess-looksबलिउड फिल्म ‘रागिनी एमएमएसव २’को सफलतापश्चात इन्डो क्यानेडियन पोर्नस्टार तथा अभिनेत्री सनी लियोन आफ्नो सेक्सी छविबाट बाहिर निस्किने कोशिस गरिरहेकी छन् । हालसम्म अभिनित फिल्ममा ग्ल्यामर लुक्समा प्रस्तुत भएकी सनीलाई अब दर्शकले चाँडै नै नयाँ अवतारमा देख्न पाउने भएका छन्।

उनी अभिनित नयाँ फिल्म ‘लीला’मा सनीलाई राजकुमारीको भूमिकामा दर्शकले हेर्न पाउनेछन्। फिल्म विशेषज्ञ तरन आदर्शले ट्वीटरमा फिल्मको फष्टलुक सार्वजनिक गरेपछि फिल्म भित्रको उनको भूमिकाको खुलासा भएको हो । पोष्टरमा उनी एक सिंहासनमा बसेकी छन्। उनी बसेको स्थान पछाडि एउटा तेजिलो चमक देख्न पाइन्छ । पोष्टरमा उनीले निकै महंगा आभुषण पहिरिएकी छन् भने उनी निकै सेक्सी देखिएकी छन्।

फिल्मको निर्माण भुषणकुमारको टी सिरिजले गर्नेछ भने निर्देशन बोबी खानको हुनेछ । ‘फिल्मको स्क्रिप्ट एकदमै राम्रो छ, त्यसैले नै सनीलाई नयाँ अवतारमा प्रस्तुत गर्न लागेका हौं।’ निर्माता भुषणले भनेका छन्। विशाल पाण्डेको आगामी फिल्म हेट स्टोरी २’मा सनीलाई आइटम डान्सरको रुपमा चाँडै देख्न पाइनेछ।

SUBSCRIBE 👉