मायाको कुरा गर्दै आर्यन–साम्राज्ञी


काठमाडौं । नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स समेटिएको फिल्म ‘कायरा’को गीत ‘यो त माया हो’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते रिलिज हुने फिल्मको यो गीतमा सुगम पोखरेल र गायिका श्रेया सोताङको स्वर छ ।

नरेश भट्टराईको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतमा नेपाल र फिलिपिन्स देख्न सकिन्छ । गीतको भिडियोमा आर्यन र साम्राज्ञीको केमेस्ट्री सुहाएको छ ।

निर्देशक लक्ष्मण रिजालले पहिलोपटक यो फिल्ममा साम्राज्ञी र आर्यनलाई प्रेमिल जोडीका रुपमा प्रस्तुत गरेका छन् । आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

SUBSCRIBE 👉