‘कायरा माया, प्रेमको समिश्रण हो’


पोखरा । नायक आर्यन सिग्देलको होम प्रोडक्सनमा निर्माण भएकोे फिल्म‘कायरा’यहि साउन १८ देखि देशभर प्रर्दशन हुदैछ । शनिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम कथामा आधारित रहेको बताए । ‘पोखरा आफै पनि प्रेमील सहर हो,’ उनले भने, ‘पोखरेली दर्शकहरुले कायरा रुचाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रस्तुतकर्ता तथा नायक आर्यन सिग्देलले कायरा माया, प्रेम, हासो, रोदनको समिश्रण रहेको बताए । ‘फिल्म सन्देश भन्दा पनि मनोरञ्जनका लागि हेर्ने गरिन्छ,’ उनले भने, ‘फिल्मको डाइलगलाई युवा दर्शकहरुले रुचाएका छन् । यो फिल्म पनि युवालक्षित छ आशा छ कथालाई मन पराउनु हुनेछ ।’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आर्यनसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको बताइन् । आर्यन करिब २ बर्षपछि फिल्मपर्दा देखिदैछन् ।

SUBSCRIBE 👉