‘मालिका’मा कमलालाई रेखाको प्रशिक्षण


काठमाडौं । फिल्म ‘मालिका’को गीत ‘हल्का माया के माया’ले सामाजिक सञ्जालमा म्युजिकल्लीमार्फत राम्रो चर्चा पाइरहँदा फिल्मको शीर्ष गीत ‘सर सर हावा’ सार्वजनिक भएको छ । रेखा थापाको निर्माण, अभिनय तथा निर्देशनमा बनेको फिल्मको गीतमा नवकलाकार कमला ओली र रेखाको अभिनय छ ।

गीतमा आस्था राउतको स्वर, सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा बालविवाहको पीडा भोगेकी कमला र रेखाको सम्पर्कमा आएपछि उनको फेरिएको जीवनलाई देखाइएको छ ।

नरबहादुर कार्की कार्यकारी निर्माता रहेको फिल्ममा सरस्वती थापा निर्माता छिन् । नर र रेखाको कथा रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा, बनिष शाहको सम्पादन छ ।

SUBSCRIBE 👉