राधिकाको डिजिटल मिडिया मोह


‘बिन्दास अन्दाज’ की नायिका राधिका आप्टे आफ्नो फिल्मी भूमिका पनि आफ्नो जीवन कथा जस्तै भएको मन पराउँछिन्। भारतीय मिडियासँगको कुराकानीमा उनले सामाजिक सञ्जाल आजको सबैभन्दा ठूलो प्लेटफर्म भएको बताइन्। तमिलनाडुमा जन्मिएकी नायिका राधिकाले मराठी कोंकणी फिल्म ‘घो मला असला हवा’ बाट आफ्नो करिअर सुरु गरेकी हुन्।

राधिका अहिले वेब सिरिजका कारण पनि चर्चामा छिन्। ‘लस्ट स्टोरी’ र ‘घुल’ फिल्ममा देखिएकी राधिका डिजिटल मिडिया जीवनको एक अभिन्न अंग हुन पुगेको बताउँछिन्। उनी लगातार नेटफ्लिक्समा जोडिएकी छन् र यो उनका लागि नशासरह भइसकेको छ।

हरेक फिल्मको स्क्रिप्ट समय दिएर र दिमाग खोलेर पढ्ने राधिकाका विषयमा मिडियामा थुपै्र टीका-टिप्पणी पनि आउँछन्। तर उनी भन्छिन्, ‘यो सबैसँग हामी सधैं लड्नु पर्छ।’ राधिका अब छिट्टै आयुष्मान खुरानाको साथमा ‘अन्धा धुन’ र सेफ अलि खानका साथमा ‘बजार’ फिल्ममा देखिने छिन्। उनका दुई हलिउड फिल्म पनि छिट्टै आउँदै छन्।

SUBSCRIBE 👉