वैशाखीको साहारामा फिल्मको प्रमोशनमा हिड्दै आलिया


alia-bhatt
बलिउडका युवा स्टारद्वय वरुण धवन र आलिया भट्ट फिल्म ‘हम्प्टी शर्मा की दुल्हनिया’मा सँगै देखिँदैछन्। यो जोडी फिल्मलाई बक्स अफिसमा सफल बनाउनका लागि प्रमोशन अभियानमा व्यस्त हुन थालेका छन्। फिल्म प्रमोशनका लागि यो जोडी कहिले टेलिभिजन रियालिटी शो त कहिले सार्वजनिक कार्यक्रममा पुगि रहेका छन्।

बरुण र आलियालाई सोमबार पनि मुम्बईमा प्रचार अभियानकै क्रममा भेटियो। तर त्यहाँको एउटा दृश्यले सबैको ध्यान तान्यो। त्यो के थियो भने नायिका आलिया वैशाखीको सहारामा हिँडिरहेकी थिईन्। समाचार अनुसार गीतको सुटिङका क्रममा लडेर चोट लागी घाइते भएकि थिइन्। तै पनि उनी वैशाखीको सहारामा फिल्म प्रमोशनमा हिँडिरहेकी छन्।

बरुण र आलिया करन जोहारको फिल्म ‘स्टूडेंट अफ द ईयर’ मार्फत बलिउडमा डेब्यु गरेका कलकार हुन्। आगामी जुलाई ११ मा रिलिज हुने फिल्ममा वरुणले क्रिकेट फ्यान हम्प्टी शर्माको भूमिका निभाएका छन् भने आलियाले काव्या प्रतापको भूमिकामा आफुलाई उभ्याएकी छन्। फिल्ममा आलिया करिना कपुरकी फ्यान हुन्छिन्। यो फिल्मले चण्डीगढको एउटा प्रेमकथालाई प्रस्तुत गरेको छ। करन जोहार निर्माता रहेको फिल्मका निर्देशक शशांक खेतान हुन्।

SUBSCRIBE 👉