मोशन पोस्टरमा ‘ठग्स अफ हिन्दोस्तान’


‘ठग्स अफ हिन्दोस्तान’को मोशन पोस्टरमा अमिताभ बच्चनको लुक निकै भयंकर देखिएको छ। अभिनेता आमिर खानको बहुप्रतीक्षित यो फिल्मको मोशन पोस्टरमा अमिताभ बच्चन फिचर्ड गरिएको छ। फिल्मको यो पोस्टरलाई यसराज फिल्मस्को ट्वीटर बाट सेयर गरिएको थियो। पोस्टरमा अभिताभ बच्चन योद्धाको रुपमा देखिएका छन्। पोस्टरमा अमिताभबाहेक एउटा गिद्धपनि उडिरहेको देख्न सकिन्छ। – भिडियो हेर्नुहोस्

अभिनेता आमिर खान यस फिल्मको प्रचार प्रसारका लागि नयाँ नयाँ तरिका अपनाइरहेका छन्। प्रचार प्रसारका लागि बनाइएको २५ सेकेण्डको यो भिडियो निकै शानदार तरिकाले निर्माण गरिएको छ। फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फिलिप मिडोज टेलरले लेखेको उपन्यास ‘कन्फेशन अफ अ थग’ को कहानीमा आधारित छ। आमिर खान र अमिताभ बच्चनका अलावा अभिनेत्री कट्रिना कैफ र फातिमा सना सेखको पनि मुख्य भूमिका रहेको छ।

अमिताभ बच्चनको लुक सार्वजनिक गरेको हप्तादिन नपुग्दै फातिमा सना शेखको लुक पनि सार्वजनिक गरिएको छ। फातिमा यो फिल्ममा जाफिराको भुमिका निभाउँदै छिन्। – भिडियो हेर्नुहोस्

अमिताभ बच्चनको लुकले चर्चा कमाएसँगै फातिमाको लुकले पनि चर्चा बटुल्ने अड्कल गरिएको छ। फातिमाको लुक यो पोस्टरमा निकै आर्कषक देखिएको छ। यस पोस्टरमा फातिमालाई एक योद्धाको रुपमा प्रस्तुत गरिएको छ। विजय कृष्ण आचार्यले निर्देशन गरेको फिल्ममा अमिताभ बच्चन र आमिर खान पहिलो पटक स्क्रिन सेयर गर्दै छन, साथै फिल्ममा कटरीना कैफ र फातिमा सना शेखको पनि मुख्य भमिका रहेको छ।

यो फिल्ममा रोनित राय, अब्दुल कादिर अमीन र सत्यदेव कान्चराना लगायतका कलाकारहरुको पनि अभिनय रहेका छ। ८ नोम्बरमा रिलिज हुने फिल्म फिल्मको प्रोमो २७ सेक्टेम्बर आउँदैछ ।

SUBSCRIBE 👉