सहिमा र सन्दिपको गीतमा खुस्बु र सुनिलको ढिकिच्याउँ


गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको “ढिकिच्याउँ” गीतको म्युजिक भिडियो भएको छ। नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल सुन्दरी गायिका सहिमा र गायक सन्दिपले फरक शैलीको गित सांगीतिक बजारमा लिएर आएका हुन्। गीतमा गायक सन्दिपकै शब्द र गोबिन्द मधुर आचार्यको संगीत सुन्न सकिन्छ।

म्युजिक भिडियोमा नायिका खुस्बु खड्का तथा ठिटोज एण्ड टिम र सुनिल क्षेत्रिको दमदार अभिनय र नृत्य हेर्न सकिन्छl छायाँकार टंक केसीले खिचेको भिडियोलाई बिकाश ज्ञवालिले सम्पादन गरेका हुन् भने सुनिल क्षेत्रिले म्युजिक भिडियोको निर्देशन गरेका हुन्। भिडियो हेर्नुहोस:

SUBSCRIBE 👉